१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २२ बिहीबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १२:३o:oo

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् । उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमी–कमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे । 

पूर्वअध्यक्ष रेग्मीले भने, ‘गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।’ ठुलो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निर्माण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उनले कतिपय अभ्यासमा देखिएका कमी–कमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिए।

पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताए । उनले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमी–कमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिए।

छुटाउनुभयो की ?