१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चैतेधानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

चैतेधानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैतेधानको समर्थन मूल्य रु. दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु. एक हजारदेखि एक हजार आठ सयसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् ।
 
खैरहनी नगरपालिकाका– १० का कृष्ण अर्याल चैतेधानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैतेधान लगाएकाे उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा छन् । समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरिएको उनले बताए । राप्ती नगरपालिका– ५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निराश छन् । 

 जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेल धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिन्छन्।  पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैतेधानकाे खेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए। स्थानीय व्यवसायी र सरोकार भएकाहरूबिचमा  छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार पाँच सय हेक्टरमा चैतेधान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।   

छुटाउनुभयो की ?