१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार १o:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनगढीमा लगानी तथा विकास पूर्वतयारी सम्मेलन, विकासका मुद्दामा एकजुट हुने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १o:३१:oo

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार धनगढीमा लगानी तथा विकास पूर्वसम्मेलन गरेको छ । सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम लगानीका लागि उपयुक्त क्षेत्र भएको बताइन् । कार्यक्रममा उनले सरकारले लगानीको वातावरण तयार गर्न नीति परिमार्जन गरिरहेका बताइन् ।

‘सरकारले बिस्तारै काम गरेजस्तो लाग्ला, ढिलासुस्ती भएजस्तो लाग्ला । दुई प्रमुख दल एक ठाउँमा आएर काम गर्न त्यति सजिलो छैन,’ उनले भनिन्, ‘तर दुईटै दलको नेतामा यो देशलाई डोर्‍याउँछौँ भन्ने प्रतिबद्धता छ । त्यसले एउटा वातावरण बनेको छ ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए । सुदूरपश्चिममा पर्याप्त मात्रामा उद्योगमा लगानीको खाँचो रहेको र लगानी हुन नसक्दा युवाहरू बेरोजगार भएर बस्नुपरेको उनले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी गर्न सरकार, दातृ निकाय र निजी क्षेत्रलाई आग्रह गरे । लगानी सम्मेलनमा सरकार मात्र नभई सुदूरपश्चिमका जनता पनि लगानी भित्रिने आशामा बसेका उनले बताए । 

‘संघीयताको सार्थक कार्यान्वयनको यात्रा प्रदेशबाट सुरु हुन्छ भन्ने हाम्रो विश्वास छ, यही विश्वासका साथ हामी लगानी तथा विकास सम्मेलनलाई सिर्जनशील रूपमा लगानी प्रवद्र्धन, दीर्घकालीन साझेदारी र दिगो विकासको नयाँ युगतर्फको यात्रा तय गर्ने अठोटका साथ प्रस्तुत भएका छौँ,’ मुख्यमन्त्री शाहले भने ।

छुटाउनुभयो की ?