
मञ्जुश्री फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेको प्रिसिन्पल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड जारी र प्राप्तिका लागि आफ्नो स्विच एकीकृत गर्न आग्रह गरेको थियो ।
त्यससँगै बैंक, वित्तीय संस्था नेपाल पेमा आबद्ध भइरहेका छन् । पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् मञ्जुश्री फाइनान्सका ग्राहकले कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।