१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
पक्राउ परेका ऐनबहादुर शाही ।
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ २० मंगलबार २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार

यार्सागुम्बासहित संखुवासभाबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार २o:४८:oo

प्रहरीले संखुवासभाबाट यार्सागुम्बासहित एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला सिँजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका छन्।

मंगलबार बिहान ८ः५० बजे खाँदबारी–३, सुमनचोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको एक केजी ६७० ग्राम अवैध यार्सागुम्बासहित शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले बताए। उनका अनुसार मकालु गाउँपालिकाको नुमबाट खाँदबारीतर्फ आउँदै गरेको को१ज २६३१ नम्बरको बोलेरो जिपमा राजस्व नतिरेको अवैध यार्सागुम्बा ल्याउँदै गरेको विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। 

उनको साथबाट नेपाली रुपैयाँ २५ हजार ४३० रुपैयाँ र भारतीय रुपैयाँ ७३० नगदसमेत बरामद गरी डिभिजन वन कार्यालयमा कारबाहीको लागि बुझाइएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।

संखुवासभाको माथिल्लो क्षेत्र मकालु, भोटखोला र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा पाइन्छ।

 

छुटाउनुभयो की ?