
भम्रणमा आएका विद्यार्थी सवार बसमा ढुंगा प्रहार गरी फरार रहेका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१ घर भई पोखरा–१७ घारिपाटन बस्ने ४८ वर्षका तिलकबहादुर थापामगर (बसचालक), बारा कोल्वी नगरपालिका–१ घर भई पोखरा–२६ विजयपुर बस्ने ३० वर्षका मानप्रसाद खरेल (बसका सहचालक) र गोरखा पालुङ्टार नगरपालिका–२ घर भई पोखरा–१४ बस्ने २८ वर्षका राजेश मरट्टा (ग्यारेजमा काम गर्ने) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
१८ जेठको राति करिब २३ः३० बजेतिर पोखरा–१४, चाउथे हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा१प ९१६ नम्बरको पर्यटक बसमा नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणमा आएको विद्यार्थी सवार बसमा अपरिचित व्यक्तिले ढुंगा प्रहार गर्दा पाँचजना विद्यार्थी सामान्य घाइते भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
घाइते विद्यार्थीहरूलाई उपचारका लागि अस्पताल लगेको र सामान्य उपचारपश्चात् डिस्चार्ज भएका थिए।