१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २० मंगलबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार

बुधबारदेखि यातायात व्यवसायीले आन्दोलनलाई थप सशक्त बनाउने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १७:४१:oo

राइड सेयरिङविरुद्धमा उत्रिएका यातायात व्यवसायीले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको कानुनलाई फिर्ता लिन अस्वीकार गरेकाले आन्दोनललाई सशक्त बनाउन लागिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अध्यक्ष विजयकुमार स्वाँरले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। 

सोमबार राति भएको वार्तामा सरकार र यातायात व्यवसायीबिच सहमति भएको थियो। तर, सहमतिअनुसार गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन स्थगन नगर्ने अडान राखेपछि मंगलबार पनि सार्वजनिक यातायात चलेका छैनन्।   

राइड सेयरिङले सर्वसाधारणलाई फाइदा हुने भए पनि यातायात व्यवसायीले भने आफ्नो व्यवसायलाई असर गर्ने भन्दै आन्दोलन थालेका छन्। जसकारण गण्डकीमा पाँच दिनदेखि तथा आइतबारदेखि देशभर सार्वजनिक यातायात ठप्प छ। यही बिचमा गण्डकी प्रदेश सरकारलाई घुँडा टेकाउन दबाब दिन उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्। उनीहरूको आन्दोलनका कारण सर्वसाधारणले भने सास्ती भोग्दै आएका छन्। 

उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गण्डकी प्रदेश सरकारलाई सो कानुन तत्कालका लागि स्थगन गर्न पत्राचार गरेको छ। 

 


 

छुटाउनुभयो की ?