१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
Invalid date format १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीबाट अफिमसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

कैलालीको चिसापानीबाट प्रहरीले करिब पौने दुई किलो लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। जुम्लाको गुठीचौर गाउँपालिका– ४ का ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका– ३ का ३२ वर्षीय भक्तबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लम्कीचुहा नगरपालिका– ३ चिसापानीस्थित प्याराडाइज होटेलको कोठामा शंकास्पद रूपमा दुईजना बसिरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

लागुऔषध ब्युरो नियन्त्रण कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय लम्कीको टोलीले खानतलासी गरेको हो। दुवैजनालाई इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।