१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:oo:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकाको न्युजर्सीमा झल्कियो नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

अमेरिकाको न्युजर्सीमा रहेका नेपालीले पहिलोपटक नेपाल डे उत्सव मनाएका छन्। नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले शनिबार आयोजना गरिएको कार्यक्रममा न्युजर्सी र न्युयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको ब्यानरसहित नेपालीहरू आ–आफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए। कार्यक्रमस्थलमा नेपालका मौलिक सामग्रीहरूको स्टल राखिएको थियो।

संयुक्त राष्ट्संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोस रेइनिजले संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

राजदूत थापाले नेपालको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले निकै सहयोग पुर्‍याउने भन्दै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताए। त्यस्तै, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोस रेइनिजलाई नेपालसम्बन्धी जानकारीमूलक पुस्तकहरू हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि आग्रह गरे। उनले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणीय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधैँ सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरूलाई आग्रह गरे।

ग्रेटर जर्सी नेपाली समाज, न्युजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ, अमेरिका न्युजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेन्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्युयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो। राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जीव श्रेष्ठ इभेन्ट डाइरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए।

न्युजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर गरिने अध्यक्ष श्रेष्ठले बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आमनेपाली समुदायलाई विशेष धन्यवाद ज्ञापन गरे।

सञ्चारकर्मी बिक्की पुलामी र मिस नेपाल इन्टरनेसनल २०१२ शुभेच्छा खड्काले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए।