Skip This
कमला पुलमा जोखिमपूर्ण आवतजावत (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १४:५o:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कमला पुलमा जोखिमपूर्ण आवतजावत (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १४:५o:oo

पूर्व–पश्चिम हुलाकी सडकमा पर्ने सिराहा–धनुषा जोड्ने कमला पुलको नदी नियन्त्रण र पहुँच मार्गबाहेक अन्तिम चरणको काम भइरहेका वेला १७ असार ०७८ मा बाढीले पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएपछि पुल निर्माण रोकियो।

त्यसपछि पटकपटक प्रधानमन्त्री, विभागीय मन्त्रीहरू, सांसदहरू, विभिन्न दलका नेताहरू भासिएको पुल निरीक्षणका नाममा आउने–जाने क्रम रोकिएन। पुलको पुनर्निर्माण गराएरै छाड्ने उधारो आश्वासन बाँडेर फर्किने उनीहरूको क्रम निरन्तर छ। तर, गत पुसदेखि सुस्त गतिमा चलिरहेको पुनर्निर्माणको काम पनि चैतको तेस्रो सातादेखि ठप्प छ।

पुलको दक्षिणपटि सिराहा नगरपालिकाको बजेटमा प्रतिमोटरसाइकल २० रुपैयाँ र साइकल तथा पैदल यात्रुका लागि निःशुल्क हुने गरी मोटो प्लाइबोर्ड बिछ्याएर बनाइएको बाँसको पुल पनि गत वैशाख तेस्रो साता आएको बाढीले बगाएपछि पुलको पूर्वपट्टि दोस्रो पायाको पिल्लरमा बाँस र प्लाइबोर्ड हालेर बनाइएको र्‍याम्प पनि जोखिमपूर्ण छ।

दैनिक करिब एक हजार मोटरसाइकल र पाँच हजार पैदलयात्री ओहोरदोहोर गर्ने पुलमा बनाइएको बाँसको र्‍याम्पमा मोटरसाइकल चिप्लिएर लड्ने गरेको छ। मुस्किलले पुलमा उक्लिए पनि मध्यभागमा फलामको पाता हालिएको ठाउँमा दुर्घटना हुने गरेको छ। गत सोमबार राति करिब ८ बजेतिर पुलको मध्यभागमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरा घाइते भए।

कमला नदीमा ४६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न हुनुपर्नेमा पटक–पटक थप हुँदै अन्तिम म्याद ३० असार ०८० तोकिएको थियो। पप्पु–लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो।

०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच २४ वैशाख ०८० मा सम्झौता भए पनि काम पुनः रोकिएको छ।