
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको बजेटअनुसार चालू खर्चका लागि ११ खर्ब ८० अर्ब र पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब छुट्याइएको छ। वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य छ। ५.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीतिलाई कायम गर्ने लक्ष्य पनि लिइएको छ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरवका उच्च प्राथमिकताका आयोजनाको बजेट विशेष अवस्थामा बाहेक रकमान्तर गर्न नदिने भएको छ।
हेर्नुस् बजेटकाे पूर्णपाठ :