Skip This
अफताब आलम जेलमुक्त 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
तस्बिरः अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अफताब आलम जेलमुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

रौतहटको बम विस्फोट घटनामा सफाइ पाएका कांग्रेसका पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन्। उनले बुधबार उच्च अदालत, वीरगन्जबाट सफाइ पाएका हुन्। 

नक्खु कारागारमा रहेका उनी बुधबार बेलुका करिब आठ बजे छुटेका हुन्। उच्च अदालत वीरगन्जबाट सफाइको फैसला भएको पत्र आएपछि रिहा गरिएको नक्खु कारागारका जेलर भीमराज कोइरालाले बताए। उनका स्वागत गर्न जेलमा कार्यकर्ताहरू भेला भएका थिए। 

जिल्ला अदालत रौटहटले आलमसहित चारजनालाई एक वर्षअघि आलमसहित चारविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो। १३ वैशाख ०८१ मा आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ। महताब अफताबका सहोदर भाइ हुन् भने सेराज र बद्री सहयोगी हुन्। उच्चबाठ उनीहरू सबैले सफाइ पाएका छन्।