१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले गणतन्त्र दिवसमा देशैभर उत्सव मनाउने

काठमाडौंमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

सत्तारूढ दल एमालेले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आगामी १५ जेठलाई देशैभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आइतबारको बैठकले त्यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार त्यस दिन ७५३ वटै पालिकामा विशेष कार्यक्रम गर्न तथा काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित उत्सवका रूपमा कार्यक्रम आयोजना गर्ने संयोजनको जिम्मेवारी नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघलाई दिइएको छ ।

महासचिव पोखरेलले जनतालाई सबल र सुदृढ बनाउने लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि नेकपा एमालेलाई स्वीकार्य नहुने चेतावनी पनि दिए ।