१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार १o:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लुका मोड्रिचको बिदाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १o:५९:oo

मिडफिल्डर लुका मोड्रिचलाई स्पेनिस महारथी रियल म्याड्रिडले बिदाइ गरेको छ । शान्तियागो बर्नाबेउमा शनिबार राति भएको सिजनको अन्तिम खेलमा क्लबले ३९ वर्षीय क्रोएसियन खेलाडीलाई गार्ड अफ अनरसहित बिदाइ गर्‍यो । बिदाइ कार्यक्रममा मोड्रिचका परिवारको पनि उपस्थिति रहेको थियो ।  खेलमा केलिएन एम्बाप्पेले दुई गोल गरेपछि रियाल रियल मड्रिड २–० ले विजयी भयो ।

अब, मोड्रिचले अन्तिम खेल रियलबाटै साउदी अरेबियामा हुने क्लब विश्वकपमा खेल्नेछन् । खेल जुन १८ मा अल–हिलालविरुद्ध हुनेछ । जसमा मेक्सिकोको पाचुका र अस्ट्रियाको आरबी साल्जबर्गसँग छन् । मोड्रिच सन् २०१२ मा टोटनह्यामबाट रियल आएका थिए । उनले १३ सिजनमा २८ उपाधि जितेका थिए । जसमा समान ६ पटक च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका छन् । पाँचपल्ट युरोपियन सुपर कप, चारपटक ला लिगा, दुईपल्ट कोपा डेल रे र पाँचपटक स्पेनिस सुपर कप जितेका छन् । यस्तै, यही खेलबाट मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी पनि बिदाइ भएका छन् । उनी ब्राजिलको मुख्य प्रशिक्षक बन्दै छन् । 

एम्बाप्पेको दुई गोल
खेलमा केलिएन एम्बाप्पेले दुई गोल गरेपछि रियाल सोसिडाड २–० ले विजयी भयो । एम्बाप्पेले पहिलो गोल खेलको ३८औँ मिनेटमा गरेका थिए । पेनाल्टीमा गोल नभएपछि दोस्रो प्रयासमा एम्बाप्पे गोल गर्न सफल भएका थिए । दोस्रो गोल खेल सकिन सात मिनेटअघि सम्भव भएको थियो । भिनिसियस जुनियरले निकालेको पासमा एम्बाप्पेले गोल गरेका हुन् ।

यो सिजन रियलले ३८ खेलबाट ८४ अंक जोड्यो । टोली यो सिजन उपाधिविहीन बनेको छ । ला लिगामा पनि दोस्रो स्थानमा रह्यो । ३८ मध्ये २६ खेल मात्रै जितेको थियो । ७८ गोल गर्दा ३८ गोल व्यहोरेको थियो । यता, बार्सिलोना भने तीन खेलअघि नै उपाधि जित्न सफल भयो । टोली एक खेल कम खेल्दा ८५ अंक जोड्न सफल भएको छ । तेस्रो स्थानको एटलेटिको म्याड्रिडको ७३ अंक छ । यता, सिजनमा खराब प्रदर्शन गर्दै रियाल भालोडोलिड, लास पाल्मास र लेगानेस रेलिगेसनमा परेका छन् ।