१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
Invalid date format o७:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मादी नदी पुलबाट गएराति जिप खस्दा तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१२:oo

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा व्यास– ५, पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापामगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०–२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

दुईजना घाइते

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । दुर्घटनामा परेर जिपचालक व्यास नगरपालिका– ४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगन्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग.२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।