१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी दुर्घटना,तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी दुर्घटनामा परेको छ। शुक्रबार राति १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित मसोट उकालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

घोराहीबाट लमहीतर्फ जाँदै गर्दा  बा २ झ ४२०१ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेको प्रहरीले बताएको छ। गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा चालक लमही नगरपालिका ५ निवासी ४२ वर्षीय  मधुसुधन केसी, सोही ठाउँका २३ वर्षीय अमर केसी, राजपुर गाउँपालिका ५ चंगुवा निवासी २७ वर्षीय मंगलसिंह भण्डारी घाइते भएका छन्।

उनीहरुलाई प्रहरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लैजान खोजेको थियो। तर, आफू खुसी लमही अस्पतालमा गएर उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई थाहा नै नदिएर गाडी लगेको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।