मुलुक भित्रको पूँजी परिचालन र सुशासनमा जोड दिन श्रेष्ठकाे सुझाव

२०७६ जेठ २९ बुधबार १९:०२:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुक भित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने स्पष्ट पारे । बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुम उद्घाटन गर्दै उनले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको स्पष्ट पारे । प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई आह्वान गरे ।

प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहो¥याए । उनले व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 
 

प्रतिकृया दिनुहोस