Skip This
अहिलेको सरकार भ्रष्ट र निरंकुश  भएको छ –नारायणकाजी श्रेष्ठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार १६:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अहिलेको सरकार भ्रष्ट र निरंकुश  भएको छ –नारायणकाजी श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १६:४९:oo

नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश बन्दै गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको मध्यपहाडी जागरण अभियानअन्तर्गत बागलुङको गलकोटमा आयोजित जनसभामा सम्बोधन गर्दै श्रेष्ठले सरकारले नेकपा एमाले र कांग्रेस मिलेको बनेको सरकारले जनताको कामभन्दा पनि भ्रष्ट बन्दै गएको आरोप लगाएका हुन्।

श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारलाई रक्षा गर्न र प्रोत्साहन गरेको हुँदा जनताको हितमा कुनै पनि काम गर्न नसकेको बताए। ‘सरकारको अहिलेको व्यवहारबाट नै पुष्टि भएको छ, प्रधानमन्त्री केपी ओली आफैँ विभिन्न कार्यक्रममा प्रचण्ड सरकार नढालेको भए हामी जेलभित्र कोचिने थियौँ भनेर श्रेष्ठले भने, 'कानुनको डन्डाबाट बच्नका लागि अहिलेको सरकार बनेको हो। यो सरकार जति रहन्छ, देशमा त्यति समय नै राष्ट्रियता र सुशासन खतरातिर जान्छ। सबै काम जनताको हितविपरीत हुन्छ।’

उनले सरकारको यो गलत  क्रियाकलापले नेकपा माओवादी केन्द्रले देशव्यापी नै जनतासँग जागरण अभियान सञ्चालन गरेको बताए। उनले कांग्रेस एमालेलाई सच्चिन आग्रह मात्र हैन खबरदारी नै गरेका थिए। ‘हामीले आमजनतालाई फेरि स्मरण गराउन चाहन्छौँ कि कांग्रेस र एमालेको यथास्थितीवादी प्रवृत्तिले प्रतिगामी शक्ति सक्रिय भएको छ। यदि सच्चिँदैन भने हामी खबरदारी गर्नेछौंँ,'  श्रेष्ठले भने।’

श्रेष्ठले नेकपा माओवादीका पनि केही त्रुटि र कमजोरी भएको र त्यसलाई रूपान्तरण गरेर अगाडि बढ्ने बताए। उनले माओवादीले हामी आत्मालोचना गरेर अभियानमा आएको र नयाँ सांस्कृतिक क्रान्ति बोकेर जनतासँग जोडिएको बताए।

‘पार्टीमा व्यक्तिवाद र गुटबादको अन्त्य गर्नेछौँ। दलित महिला, मधेशी सबैलाई समावेशिताका आधारमा हामीले हेर्नेछौँ। जसले पार्टी बनाउन यहाँसम्म योगदान गरेको छ। यो रूपान्तरण र पुर्न गठन गर्न तयार छौँ। श्रेष्ठले भने, ‘सहिद परिवार बेपत्ता परिवार, श्रमिकसँग, जनप्रतिनिधिसँग हामी पुगेर  सुझाव मागेका छौँ।

वैज्ञानिक क्रान्तिको रणनीतिक उद्देश्य वैज्ञानिक समाजवाद स्थापित गर्ने गरि छाड्ने संकल्प र प्रतिबद्धता यहाँहरूसमक्ष पार्टीको तर्फबाट म व्यक्त गर्न चाहन्छु। श्रेष्ठले भने, ‘ हामीले वैज्ञानिक समाजवाद स्थापित गर्ने लक्ष्य पूरा गरी छाड्छौँ। त्यसबाट हामी विचलित भएका छैनौँ। पहिलो हाम्रो संकल्प र प्रतिबद्धता यो।

अभियानमा अध्यक्ष प्रचण्डसहित नेताहरू देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, दिनानाथ शर्मा, कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतका नेताहरू रहेका छन्।