Skip This
वैदेशिक व्यापार : माथि उठ्दै निर्यात
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format ११:५o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापार : माथि उठ्दै निर्यात

साउनमा ८.७ प्रतिशत रहेको निर्यातको हिस्सा वैशाखसम्ममा १२.८८ प्रतिशत, आयातमा १३.११ प्रतिशत र निर्यातमा ७२.७१ प्रतिशत वृद्धिदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

वैदेशिक व्यापारमा आयातको हिस्सा खुम्चिन थालेको छ । वस्तु आयातको तुलनामा निर्यातको वृद्धिदर बढ्दै गएकाले वैदेशिक व्यापारको संरचनामा नै परिवर्तन देखिएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खानेतेलको निर्यात बढेकाले समग्र वैदेशिक व्यापारको संरचनामा नै परिवर्तन आएको हो । 

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष ०८०/८१ को १० महिनामा आयातको हिस्सा ९१.१७ प्रतिशत थियो । चालू आवकै गत साउनमा पनि यस्तो हिस्सा ९१.३ प्रतिशत थियो । गत साउनमा वैदेशिक व्यापारमा ८.७ प्रतिशतमा सीमित निर्यात वैशाखसम्म आइपुग्दा १२.८८ प्रतिशत पुगेको छ । 

वैशाखसम्ममा आयातको वृद्धिदर १३.११ प्रतिशत छ भने निर्यातको वृद्धिदर ७२.७१ प्रतिशत छ । चालू आवको १० महिनामा १४ खर्ब ७४ अर्बको वस्तु आयात भएको छ भने दुई खर्ब १७ अर्बको निर्यात भएको छ । 

भटमास र सूर्यमुखी तेलको उच्च मात्रामा भएको निर्यातले वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगेको भन्सार विभागको तथ्यांक छ । १० महिनामा ७८ अर्ब ७५ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । त्यस्तै, १० अर्ब नौ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । कुल वस्तु निर्यातमा भटमास र सूर्यमुखी तेल निर्यातको हिस्सा ४०.७७ प्रतिशत पुगेको छ । आठ अर्ब ८४ करोडको गलैँचा, ६ अर्ब ६७ करोडको अलैँची र चार अर्ब ७९ करोडको रोल्ड आइरन निर्यात भएको छ । 

सर्वाधिक आयात हुनेमा पेट्रोलियमपछि कच्चा खानेतेल
१० महिनामा सर्वाधिक आयात हुने वस्तुमा पेट्रोलियम पदार्थपछि कच्चा खानेतेल देखिएको छ । यो अवधिमा एक खर्ब दुई अर्ब ३८ लाख रुपैयाँको डिजेल आयात भएको छ । ५३ अर्ब पाँच करोडको पेट्रोल, ५१ अर्ब ८१ करोडको खाना पकाउने ग्यास र १६ अर्ब १४ करोडको हवाई इन्धन आयात भएको छ । 

८१ अर्ब ८९ करोडको भटमासको कच्चा तेल आयात भएको छ । २४ अर्ब ६४ करोडको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । ४१ अर्ब ४९ करोडको फलामजन्य वस्तु आयात भएको छ । २८ अर्ब ७६ करोडको स्मार्टफोन, २८ अर्ब ७५ करोडको हट रोल्ड आइरन, २५ अर्ब ५० करोडको औषधिजन्य वस्तु र १८ अर्ब ९५ करोडको धान आयात भएको छ । १८ अर्ब २६ करोडको कोइला, १७ अर्ब १२ करोडको सुन, १४ अर्ब ९७ करोडको मकै आयात भएको छ ।

त्यस्तै, १३ अर्ब ८७ करोडको १०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । १२ अर्ब ९० करोडको तोरीको पिना, १२ अर्ब २७ करोडको अर्धप्रशोधित फलामजन्य वस्तु, ११ अर्ब ६० करोडको भटमासको पिना, ११ अर्ब ६० करोडको युरिया र ११ अर्ब २० करोडको रासायनिक मल आयात भन्सार विभागले जनाएको छ ।