एकीकरणका बाँकी काम प्याकेजमा : प्रचण्ड

२०७६ जेठ २९ बुधबार ११:५१:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने सचिवालय बैठकले पार्टीको बाँकी एकीकरणका कामहरु सक्ने बताएका छन् । 

भरतपुरमा बधबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जिल्ला इन्चार्ज सहइन्चार्जलगायत अन्य जिम्मेवारी बाँडफाँडको विषयमा टुंगो लगाइने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट फर्किएपछि सचिवालयको बैठक बसेर काम सक्ने उल्लेख गरे । इन्चार्ज सहइन्चार्जको जिम्मेवारीको विषयमा केही जिल्लामा छलफल भइरहेको भन्दै प्याकेजमा सहमती गर्न लागिएको उनको भनाई छ । 

विशेष कमिटि, सल्लाहकार समिति, विभाग, अनुशासन आयोगको पनि त्यही बैठकले निर्णय गर्नै उनले जानकारी दिए ।

सरकारले ल्याएका केही विधेयकको चर्को आलोचना हुनुमा तयारी राम्रो नगर्नु प्रमुख कारण रहेको उनले बताए । त्यस्तै भरतपुरमा क्रिकेट रंगशाला निर्माणमा भएको अवरोधबारे उनले भने, ‘ठूलो आयोजना हो, सानोतिनो समस्या आइरहन्छन, समाधान गर्दै अघि बढ्ने हो ।’

सम्बन्धित समाचार