१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र उदयपुरको आठवटै पालिकामा नयाँ नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

नेकपा (माओवादी केन्द्र) उदयपुरको आठवटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । जिल्ला समन्वय समिति उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल (दिवस)का अनुसार आठवटै पालिकाको तेस्रो पालिका सम्मेलनबाट सहमतिकै आधारमा नयाँ नेतृत्व चयन भएको हो ।

जिल्ला संयोजक कटुवालका अनुसार माओवादी केन्द्र कटारी नगरपालिकाको नगर अध्यक्षमा कलम श्रेष्ठ, त्रियुगा नगरपालिकामा मानबहादुर राई, चौदण्डीगढी नगरपालिकामा दिनेश राई, बेलका नगरपालिकामा राजकुमार कुँवर नगर अध्यक्षमा चयन भएका छन् ।

यता उदयपुरगढी गाउँपालिकामा गंगा राई, रौतामाई गाउँपालिकामा खिलराज राई, लिम्चुङबुङ गाउँपालिकामा भीम राई र ताप्ली गाउँपालिकामा फत्तबहादुर ठकुरी पालिका अध्यक्षमा चयन भएका छन् । जिल्ला संयोजक कटुवालले भने, ‘विधानअनुसार नगरपालिकामा ५५ सदस्य र गाउँपालिकाको ४५ सदस्य भएको कार्यसमिति चयन भएको हो ।’