१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार

रवि लामिछानेको रिट प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेको इजलासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार ११:oo:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको छ। यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि सोमबार हेर्न मिल्ने न्यायाधीशहरूबिच मात्र गोलाप्रथा गरेर इजलास तोकिएको हो। 

आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। साथै, थुनामा राख्ने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेशविरुद्ध दायर गरेको निवेदनमा पनि सँगै सुनुवाइ अघि बढेको छ।