१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार o८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्यान टुक्र्याउने दुई विधेयक दफावार छलफलका लागि पर्यटन समितिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o८:४४:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफलका लागि पठाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि पर्यटन समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।

अब यी विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफल हुनेछन् । समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ । सरकारले यी विधेयक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ ।

प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकायका रूपमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक संस्थाका रूपमा ‘नेपाल हवाई सेवा प्राधिकरण’ गरी दुईवटा संस्थामा विभाजन गरिनेछ ।