१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२९:oo
Read Time : < 1 मिनेट
समाचार

मेयर बालेनले दिएको जिम्मेवारी तीन वडाध्यक्षले लिएनन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२९:oo

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले विभिन्न समितिमा जिम्मेवारी दिएपछि वडाध्यक्षहरूले जिम्मेवारी दिन अस्वीकार गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै तीनजना वडाध्यक्षहरूले आफूहरूलाई दिएको जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै अस्वीकार गरेका हुन्।  

मेयर शाहले सुशासन समितिको संयोजकका रूपमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की,  सम्पदा तथा पर्यटन समिति संयोजकमा रूपमा वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारी र सूचना प्रविधि समितिका संयोजकका रूपमा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी तोकेका थिए।  तीनैजनाले उक्त जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।

आइतबार पत्र पठाउँदै आफूहरूलाई प्रदान गरेको जिम्मेवारी नलिने उल्लेख गरेका छन्। ‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकाको प्रमुखज्यूको सचिवालयको च.न. ६२०, ६२१ र ६२२, मिति २०८२।०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रूपमा जानकारीको लागि अनुरोध गर्दछौँ,’ वडाध्यक्षहरूले पठाएको पत्रमा भनिएको छ ।