१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैं महानगरको सिप मेला तालिममा थपिए आठवटा पेसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२१:oo

काठमाडौं महानगरपालिकाले यस वर्षको सिप मेला तालिममा आठवटा पेसा थप गरेको छ। यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँचवटा पेसामा आठवटा पेसा थप गरेको हो। 

थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका छन्। यस क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम गर्ने तयारी थियो।

यस्तै, ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ। यसमा सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) गरी चार पेसा राखिएका थिए। यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन्। पेसातर्फ आठवटा थपिएपछि अब तालिम सञ्चालन हुने पेसाको संख्या ४२ पुगेको छ। रोजगारदाताको मागअनुसार कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए। 

तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुलाइएको छ। अनलाइन फाराम भर्न नजान्ने तथा कठिन हुनेहरूका लागि सहजीकरण गर्न भोलि राष्ट्रिय सभागृहमा सहायता कक्ष राखिने समितिका सदस्य विवेक बाँस्तोलाले जानकारी दिए। अहिलेसम्ममा ३५ सय ७६ जनाले अनलाइन आवेदन दिइसकेका छन्। यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङको छ। यसपछि क्रमशः बारिस्ता, एआई, बेकरी र ब्युटिसियनको छ। 

महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने महानगरको लक्ष्य छ। १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ। 

१० वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ। दैनिक ६ वटा कक्षा सञ्चालन गरेर एक सय घण्टा तालिम दिइनेछ।