१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा सवारी दुर्घटना हुँदा ११ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा इभी माइक्रोबस  दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्बरको इभी ओरालो बाटोमा बेक्र फेल भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर रौतामाई गाउँपालिका–७ का ४५ वर्षीया पुष्पा खड्का गम्भीर घाइते भएकी र उनको जिल्ला अस्पताल गाईघाट उदयपुरमा सामान्य उपचार गरी न्युरो अस्पताल विराटनगर पठाइएको डिएसपी दोङले जानकारी दिए।

उनका अनुसार घाइते हुनेहरूमा त्रियुगा नगरपालिका–९ राजावासका वर्ष २६ का गोपी दनुवार, त्रियुगा–८, साइखोलाका वर्ष २० का निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने वर्ष ६० की सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ।

यसैगरी, घाइते हुनेमा सवारीचालक त्रियुगा नगरपालिका–६ का वर्ष २० का  हिमाल बस्नेत, वर्ष २४ की संगीता खत्री, चौदण्डीगढी नगरपालिका–१० बस्ने वर्ष १८ की मिजा सेवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने वर्ष ६६ का श्यामकाजी श्रेष्ठ, वर्ष ३३ की प्रतीक्षा बजिमय, सिन्धुली कमलामाई नगरपालिका–१० बस्ने वर्ष ४३ का ओमबहादुर भुजेल, खोटाङ बराहापोखरी गाउँपालिका–४ बस्ने वर्ष १९ का अनिश राई रहेका छन्। उनीहरूको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको डिएसपी दोङले बताए।