१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सगरमाथा संवाद सुरु : समारोहमा स्वदेशी र विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १o:१४:oo

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आज काठमाडौंमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छिन् ।

समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।  जलवायु परिवर्तनका विषयमा नेपालले पहिलोपटक याे कार्यक्रम आयोजना गरेकाे हाे । कार्यक्रम तीन दिनसम्म विभिन्न सत्रमा छलफल हुनेछ ।

यस कार्यक्रममा सहभागी विदेशी प्रतिनिधिमण्डललाई माउन्टेन फ्लाइटमा लैजानेसमेत व्यवस्था मिलाइएको छ । सगरमाथा संवादलाई समाधानको मञ्च, आशाको मुहान र भविष्यका लागि शक्ति बनाउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् । 

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय