Skip This
सांसद किराँती भन्छन्– विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने तयारी हुँदै छ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १ बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद किराँती भन्छन्– विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने तयारी हुँदै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १४:४१:oo

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई संकटग्रस्त देखाएर कौडीको भाउमा बेच्ने प्रपञ्च भइरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै किराँतीले अघोषित लोडसेडिङ सुरु भइसकेको उल्लेख गर्दै भने, ‘भर्खरै पूर्वीनेपालको विभिन्न भागमा पुगेर आएको छु। अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो। के यो अघोषित लोडसेडिङ हो ? या प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम हो ?’

नयाँ कार्यकारी निर्देशकको श्वेतपत्रअनुसार प्राधिकरण एकाएक संकटग्रस्त देखाएको बताउँदै किराँतीले ‘आकाशमा चिल आयो आयो भनेर धर्तीमा कुखुरा चोर्ने’ कथामा अब जनता नझुक्किने प्रस्ट्याए।

‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो। यसबाट हामीले के बुझ्ने ? के यो प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने पूर्वतयारी हो ?’ किराँतीले प्रश्न गरे, ‘आकाशमा चिल आयो आयो भनेर धर्तीमा कुखुरा चोर्ने धूर्त स्यालको कथाको सूत्रले अब जनता नझुक्किने कुरा बुझ्न सरकारलाई अनुरोध गर्दछु।’