Skip This
अदुवा र बेसारका तीन–तीनवटा नयाँ जात पहिचान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अदुवा र बेसारका तीन–तीनवटा नयाँ जात पहिचान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

नगदे बालीका रूपमा रहेको अदुवा र बेसारका नयाँ जात पहिचान भएको छ । अदुवा र बेसारका थप तीन–तीनवटा नयाँ जात पहिचान भएको राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यान कपुरकोटले जनाएको छ । 

आगामी वर्ष एक–एकवटा नयाँ उन्नत जात उत्पादनका लागि सिफारिस गर्ने तयारी रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिए । उनले भने, ‘नयाँ जात त धेरै नै पहिचान भएका छन्, तर अर्को वर्ष एक–एकवटा सिफारिस गर्ने भन्ने छ, । पहिचान भएकामध्ये उत्कृष्ट बोसे अदुवाको जेडआई १३०३ र बेसारको सिआई १,२१३ जातलाई सिफारिसको तयारी छ ।’

अनुसन्धान कार्यक्रमले अदुवाको जेडआई १३०२, जेडआई १०२७ तथा बेसारको सिआई ०२०५ र सिआई २०७ जात पहिचान भएको भण्डारीले बताए । पहिचान भएका जातको नामकरण भने हुन बाँकी छ । कार्यक्रम संयोजक डाक्टर भण्डारीले भने, ‘नामकरण र सिफारिसको प्रक्रिया अलि लामो हुन्छ । यहाँबाट परिषद्को प्राविधिक समितिमा गएर छलफल भई आवश्यक डाटा छ की छैन भनेर सुझावसमेत आउँछ । विभागको अर्को समितिमा पनि पर्याप्त छलफल हुन्छ । त्यहाँबाट पनि राम्रो भयो भन्ने आएमा मात्र बिउबीजन समन्वय समितिमा गएर मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र सिफारिस हुन्छ ।’

उत्पादनका लागि सिफारिस भएको नयाँ अदुवाको जातमा रोग कम लाग्ने, उत्पादन बढी दिने, वासनादार र तेलको मात्रा बढी हुनेजस्ता विशेषता छन् । यसअघि नेपालमा कपुरकोट अदुवा–१ र कपुरकोट अदुवा–२ नामक दुईवटा मात्र उन्नत जातको सिफरिस गरिएको छ । ०५८ मा कपुरकोट अदुवा–१ र ०७३ मा कपुरकोट अदुवा–२ सिफारिस भएको थियो । अदुवाबाली अनुसन्धान कार्यक्रमले अन्य खाद्यान्न कोसे तथा तेलहन बालीहरू जस्तैः मकै, गहुँ, कोदो, जौ, मसुरो, भटमास, तोरी, फापर, बदाम आदिको अनुसन्धानात्मक काम पनि गर्दै आएको छ ।