Skip This
वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीलाई बिमा प्राधिकरणको निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीलाई बिमा प्राधिकरणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १o:५४:oo

नेपाल बिमा प्राधिकरणका अध्यष शरद ओझाले समग्र बिमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छन् ।

नेपाल बिमा प्राधिकरणले ५७औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बिमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नवीनतम प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहित वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीलाई निर्देशन दिएका हुन् । 

‘जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आमनागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानीलगायतमा देखिएका कमीकमजोरीलाई घटाउँदै शून्यमा झार्नुपर्छ,’ उनले भने ।