Skip This
ब्राउनसुगरसहित नुवाकाेटका दुई व्यक्ति पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ब्राउनसुगरसहित नुवाकाेटका दुई व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:३६:oo

महोत्तरीको बर्दिवासमा ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा सिरहाको लहानबाट काठमाडौं जाँदै गरेको हायस गाडी चेकजाँच गर्दा सोहि गाडीको पछिल्लो सिटमा बसेका नुवाकोट जिल्ला लिखु गाउपालिका वडा नं. ५ वस्ने २८ वर्षीय दिपेश श्रेष्ठलाई प्रहरीले ५.३७ ग्राम ब्राउनसुगरसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास बमको कमाण्डमा रहेको लागुऔषध नियन्त्रण ब्युरो बर्दिवासको संयुक्त टोलीले श्रेष्ठले दुवै खुट्टाको मोजाभित्र लुकाइछिपाइ राखेको सो परिमाणको लागुऔषध फेला पारेको हो ।

यता लागुऔषध ब्राउनसुगर बोक्नेलाई सघाएको भन्दै प्रहरीले लिखु गाउपालिका कै वडा नं. ट निवासी २८ वर्षीय राजेन्द्र डंगोललाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले जनाए । उनले पक्राउ परेका दुवै जनासँग अनुसन्धान भइरहेको बताए ।