Skip This
हङकङसँगको हारसँगै नेपाललाई धक्का
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हङकङसँगको हारसँगै नेपाललाई धक्का

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया क्वालिफायरको महत्वपूर्ण खेलमा नेपाल सात विकेटले पराजित

हङकङले आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया क्वालिफायरमा नेपालमाथि सात विकेटको सानदार जित निकालेको छ । बलियो प्रतिद्वन्द्वी नेपालमाथिको जितले हङकङको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनेको छ । जितपछि हङकङ तीन खेलबाट चार अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ । समान तीन खेलबाट तीन अंकसहित नेपाल दोस्रो स्थानमा छ । यसअघिको नेपाल र हङकङबिचको पहिलो खेल आउट फिल्डको कारण रद्द भएको थियो ।

नेपालले पछिल्ला पाँच टी–२० आईमा हङकङविरुद्ध दुई निकालेको थियो । हङकङले एक खेल जितेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए । थाइल्यान्डमा भइरहेको छनोटमा नेपालले दोस्रो खेलमा बहराइनलाई नौ विकेटको फराकिलो अन्तरमा हराएको थियो । नेपालले हङकङलाई पराजित गरेका एक खेलअगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित थियो । तर, हङकङसँगको हारपछि समूह विजेता बनेर ‘सुपर थ्री’ मा पुग्ने नेपालको योजनामा धक्का लागेको छ । अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ । 

नेपालले शीर्ष स्थानमा रहन बहराइनलाई हराउनै पर्नेछ । हङकङ र बहराइनबिचको नतिजा पनि आफूअनुकूल आउनुपर्नेछ । नेपाल बिहीबार बहराइनसँग खेल्नेछ । हङकङ र बहराइनबिचको खेल शुक्रबार हुनेछ । छनोटमा नौ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागीलाई तीन समूहमा विभाजन गरेर डबल राउन्ड रोबिन प्रणालीमा खेल भइरहेको छ । तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर थ्री चरणमा पुग्नेछन् । 

सुपर थ्रीमा तीन टोलीबिच एकआपसमा खेल हुनेछ । शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । थाइल्यान्डको बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा सोमबार राति वर्षाले मैदानको आउटफिल्ड भिजेको कारण नेपाल र हङकङबिचको खेल निकै ढिला गरी सुरु भयो । जसका कारण खेलमा प्रतिस्पर्धा पाँच ओभर मात्र भयो । 

३० रनको सहज लक्ष्य
ओसिलो पिचमा हङकङले टस जितेर नेपाललाई ब्याटिङ गर्न पठायो । नेपालले पाँच ओभरमा तीन विकेट गुमाउँदै मात्र २९ रन जोड्न सक्यो । प्रत्युत्तरमा हङकङले ४.३ ओभरमा तीन विकेटको क्षतिमा ३० रन बनाउँदै अपराजित यात्रा कायम राख्यो । नेपालले हङकङलाई सुरुवातमै दबाबमा राखेको थियो । स्कोरबोर्डमा शून्य रनको अवस्थामा हङकङले दुई महत्वपूर्ण विकेट गुमाएको थियो । केरी चान गोल्डेन डकआउट भइन् । कप्तान नताशा माइल्स शून्य रनमा पेभेलियन फर्किइन् । 

चानलाई कविता कुँवरले आउट गरेकी हुन् । नेपालकी उपकप्तान पूजा महतोले माइल्सलाई क्रिजबाट हटाइन् । कमजोर स्थितिबाट हङकङ मारिको हिल र यसमिन दसवानीले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाए । मारिकोले ११ बलमा ११ रन बनाइन् । उनी रिया शर्माको ओभरमा आउट भइन् । यासमिन अविजित तीन रनमा नटआउट रहिन् ।

नेपालको अनावश्यक सट रोजाइ 
हङकङविरुद्धको महत्वपूर्ण प्रतिस्पर्धामा नेपालका अनुभवी खेलाडीहरूले अनावश्यक सट प्रहार गरेका थिए । नेपालले स्कोर बोर्डमा १३ रन बनाउँदा दुवै ओपनरलाई गुमाएको थियो । यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । ठुलो सट खेल्ने क्रममा पूजा आउट भइन् । उनले तीन रन मात्र बनाइन् । ब्याटिङमा संघर्ष गरेको नेपालले चार ओभरमा २३–३ को प्रदर्शन गरेको थियो । रुबिना क्षेत्री अविजित चार रनमा क्रिजमा रहे । सुपर थ्री प्रवेशका लागि नेपाललाई जित आवश्यक थियो ।

नेपालकी ओपनर सम्झना खड्काले सात बलमा सर्वाधिक १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु बर्माले १० बलमा अविजित नौ रन जोडिन् । हङकङको बलिङमा केरी चान, एलिसन सिउ र इक्रा सहरले समान एक विकेट लिए । हङकङका लागि ओपनर सानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । उनले १२ बलमा १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् । नेपालका लागि कविता कुँवरले १.३ ओभरमा पाँच रन खर्चेर दुई विकेट लिइन् । पूजा महँगो बलर बनिन् । उनले दुई ओभरमा १९ रन खर्चिइन् ।