Skip This
राजावादी समूहले प्रचारात्मक अभियान थाल्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजावादी समूहले प्रचारात्मक अभियान थाल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

राजावादी समूहले १५ जेठबाट राजसंस्था पुनस्र्थापनाका लागि सुरु हुने आन्दोलनका लागि प्रचारात्मक अभियान सुरु गर्ने निर्णय गरेको छ । राप्रपाको कार्यालयमा आइतबार बसेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले उपत्यकाकेन्द्रित जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचना परिचालन गर्ने, जनआन्दोलन प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने र त्यसको शुभारम्भ ८ जेठमा काठमाडौंको साँखुबाट सुरु गर्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

११ जेठसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सभा गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुने पनि उनले जानकारी दिए । आन्दोलनमा आमउपत्यकावासीको सक्रिय सहभागिताका लागि टोलटोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।