१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी विनिमय अपचलन कसुरमा २१ लाख भारु जफतको माग दाबीसहित मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४४:oo

राजस्व अनुसन्धान कार्यालय बुटवलले विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा २१ लाख भारतीय रुपैयाँ जफतको माग दाबीसहित मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार कपिलवस्तुका राकेशकुमार बर्मा, राजेशकुमार बर्मा, हमिद मुसलमान र जंगबहादुर बर्मा (सोनार) विरुद्ध कपिलवस्तु जिल्ला अदालतमा बिहीबार मुद्दा दायर भएको हो ।

उनीहरूबाट बरामद भएको पाँच सय दरका चार हजार २३६ थान र दुई सय दरका एक सय थान गरी २१ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गर्न मागदाबीसहित मुद्दा दर्ता भएको हो ।

अवैध रूपमा सो मुद्रा ओसारपसार गरेको पाइएकाले बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ । मुद्रासहित नियन्त्रणमा लिइएको भारतीय नम्बर प्लेटको एउटा सवारीसाधन पनि जफतको मागदाबी गरिएको छ ।