१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४२ घण्टापछि बोल्यो नेपाल : भारत–पाकिस्तान बढ्दो तनावप्रति चिन्ता, आतंकवादविरुद्धकाे लडाइँमा साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२३:oo

नेपालले भारत र पाकिस्तानबिच भएको पछिल्लो तनावपूर्ण स्थितिको भोलिपल्ट औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

बुधबार बिहान १ बजे भारतले पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेको ४२ घण्टापछि परराष्ट्र मन्त्रालयले बिहीबार साँझ नेपालको धारणा सार्वजनिक गरेको हो। परराष्ट्रले विज्ञप्तिमा आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा रहेकोसमेत स्पष्ट पारेको छ।

‘नेपाली नागरिकसहित निर्दोष पर्यटकहरूले अमूल्य जीवन गुमाउने गरी ९ वैशाखमा पर्यटकहरूमाथि भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच  बढ्दो तनावप्रति नेपाल गहिरो चिन्ता जनाउँदछ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो दुःखद् समयमा नेपाल र भारत साझा शोक र पीडामा सँगै एकताबद्ध रूपमा उभिए। यो स्मरणीय छ कि नेपालले सबै प्रकारका आतंकवादविद्धको दृढ अडानअनुसार बर्बर आतंककारी हमलाको तुरुन्त र स्पष्ट रूपमा भर्त्सना गरेको थियो। आंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ।’

परराष्ट्रले आफ्ना छिमेकी मुलुकहरूविरुद्ध आफ्नो भूमि दुरुपयोग हुन नदिने सैद्धान्तिक अडानमा प्रतिबद्ध रहेकोसमेत दोहोर्‍याएको छ। नेपालले यो क्षेत्रमा स्थायी शान्ति र स्थिरताप्रति प्रतिबद्धता दोहोर्‍याउँदै दुई देशबिच तनाव कम हुने अपेक्षा गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।