१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार

बलात्कार मुद्दामा फरार युवकलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

जबर्जस्ती करणीसम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई नेपाल प्रहरीले कतारमा पक्राउ गरी स्वदेश ल्याएको छ। पर्सा वीरगन्ज महानगरपालिका–३१, बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अन्सारी पक्राउ परेका छन्। कतार प्रहरीको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने-गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको  नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले बताए 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनीविरुद्ध रेडनोटिस जारी भएको थियो।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।