१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी सडक निर्माणका लागि बजेट छुट्याउन मन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१९:oo

सिद्धिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको नेतृत्वमा गएको सर्वदलीय टोलीले बिहीबार मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो। ज्ञापनपत्रमा मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि बहुवर्षीय योजनामा लगेर ठेक्का प्रकियालाई अगाडि बढाउन माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै राज्य व्यवस्था समिति सभापति खतिवडाले यो बाटो उदयपुरभन्दा धेरै ओखलढुंगा, सोलु र खोटाङको जनताहरूमा अझ धेरै आवश्यक रहेको भन्दै आवश्यक बजेट सुनिश्चित गर्न माग गरे। खतिवडाका अनुसार २०८१–८२ को एक अर्ब ४ करोड बजेट विनियोजन भइसकेको आइइईको काम बाँकी रहेकाले टेन्डर हुन बाँकी छ।

डेलिगेसन गएका पूर्वकृषिमन्त्री तथा कोशी प्रदेश सदस्य रामकुमार खत्रीले यो आर्थिक वर्षमा दुई अर्ब थपेर तीन अर्बको यो वर्ष काम टेन्डर प्रक्रियामा लैजान अनुरोध गरे। डेलिगेसनमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य केपी बराल, कांग्रेस र एमालेका नेताहरू भक्त राना मगर र सरोज थापासहित अन्य सहभागी थिए।