१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेशका मन्त्रीविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी, कडा सुरक्षा घेराभित्र वार्ता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईविरुद्ध आज (बिहीबार) गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन् । 

नागरिक भेटघाट कार्यक्रम लिएर गृहजिल्ला खोटाङ आएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफैँ टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिएका छन् । 

कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबिच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिएका छन् । मन्त्री राईसँग आक्रोशित कार्यकर्ताहरूले आफूहरूको अगाडि मन्त्री र गाउँपालिका प्रमुखबिच वार्ता हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । 

मन्त्री राईलाई गाउँपालिका प्रमुख राईले आफ्नो कार्यालयमा कार्यक्रम गर्न नदिएपछि वडा नं. ३ खिदिमास्थित ढाँडेमा उक्त कार्यक्रम सारिएको जनाइएको छ । आफ्नै कार्यकर्ताले कार्यक्रम अवरोध गर्ने जानकारी पाएपछि मन्त्री राई सुरक्षाकर्मीको ठुलो संख्यासहित कार्यक्रमस्थल खिदिमा पुगेका थिए । 

मन्त्री राईले साकेला गाउँपालिकामा परेको योजनाहरू कटाएको तथा नयाँ योजना कुनै पनि नदिएको कार्यकर्ताहरूले आरोप लगाएका छन् । साकेला गाउँपालिका प्रमुख राईसमेत कांग्रेसबाटै निर्वाचित भएका हुन् ।