१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत-पाकिस्तानबिच विकसित घटनाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबिच भएको घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरिएको छ ।
 
राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुन सक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए ।
 
सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको सहभागिता रहेकाे थियाे ।