१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
फाइल तस्बिर
रासस वासिङ्टन
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहने बताएका छन्। यद्यपि, अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन्।

चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिलेजस्तो ठुलो व्यापारिक नोक्सानी नभोग्ने बताए।

‘हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु,’ आगामी वार्ताबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने।

ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उनले सिधै ‘विचार गरेको छैन’ भनेर जवाफ दिए।

उनले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गरे। ‘उनीहरूले भने हामीले पहल गरेको ? मलाई लाग्छ उनीहरूले फर्केर आफ्नो फाइलहरू अध्ययन गर्नुपर्छ,’ उनले भने।

सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन्।

विश्वका दुई ठुला अर्थतन्त्रबिचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ। तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबिचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो।

यसैबिच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताए।

‘हामी एउटा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ जहाँ प्रशासनले हाम्रा थुप्रै महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग वार्ता सुरु गरिरहेको छ। त्यसले आर्थिक परिदृश्यलाई भौतिक रूपमा परिवर्तन गर्ने क्षमता राख्छ वा नराख्न पनि सक्छ,’ सिएनएनले पावेललाई उद्धृत गर्दै जनाएको छ।