१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format १३:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२२:oo

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैतसम्ममा पर्यटकको संख्यामा कमी आएको हो ।

गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्षको चैतसम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन् । 

गत आर्थिक वर्षमा दुई लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए । चालू आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्कका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको संख्यामा ठुलो गिरावट आएको तथ्यांकले देखाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए ।

यद्यपि, निकुञ्जमा भिडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ ।  गत आर्थिक वर्षमा यो अवधिमा २८ करोड २६ लाख राजस्व संकलन भएकामा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार मात्र राजस्व संकलन भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले कोभिडपछि मानिसमा क्रयशक्ति कमजाेर बन्नु र कोभिडपछि उकुसमुकुस भएका धेरै पर्यटक गत वर्ष निकुञ्ज घुमेकाले यस वर्ष संख्या घटेको हुन सक्ने अनुमान गरे । 

उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि उच्च तहमा पुगेपछि क्रमशः घट्दै जान्छ ।’ निकुञ्जभित्रको घाँसेमैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुन सक्ने उनको भनाइ छ ।

क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मुख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताउँछन् ।

उनले भने, ‘सडक र आकाशबाट आउनै कठिन छ । कसरी पर्यटक आउँछन् ।’ चितवनबाट भैरहवा, काठमाडौं र पोखरा तीनैतर्फको सडकको स्तरोन्नति हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएको उनी बताउँछन् । जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महँगाे भएको थपलियाको भनाइ छ ।