१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २५ बिहीबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत–पाकिस्तान युद्धमा गोरखा सेना प्रयोग नगर्ने वातावरण बनाइयोस् : सांसद तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १२:३३:oo

सांसद मीना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माणका लागि पहल गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले पहिलो चरणमै र पहिलाे घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताइन् ।

पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् । उनले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् । तामाङले भनिन्, ‘दुई देशबिचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

दुई देशबिचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन् । ‘पाकिस्तान र भारतको सीमा कस्मिरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ,’ सांसद तामाङको भनाइ छ, ‘जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरूको संरक्षण एवं उद्धारबारे छलफल होस् ।’