१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार ११:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथको स्टार्टअप र उद्यमीलक्षित वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार ११:o१:oo

मुक्तिनाथ विकास बैंकले स्टार्टअप र नयाँ उद्यमी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नयाँ उद्यमीलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमको उद्देश्य सहभागी उद्यमीलाई वित्तीय व्यवस्थापनका आधारभूत सिद्धान्त, बैंकिङ सेवामा सहज पहुँचजस्ता विषयमा जानकारी गराउनु रहेको बैंकले जनाएको छ । 

त्यस्तै, प्रभावकारी व्यावसायिक योजना निर्माण, बजार व्यवस्थापनका नवीनतम रणनीति, व्यक्तिगत बजेट तर्जुमा, नगद प्रवाह व्यवस्थापन, कर्जा सदुपयोग तथा ग्राहक अधिकारजस्ता महत्वपूर्ण विषयमा समेत बैंकले जानकारी प्रदान गरी साक्षर गराउन उक्त कार्यक्रम गरेको बताइएको छ । 

कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीको सहभागिता  थियो । बैंकले यस कार्यक्रममार्फत उद्यमीलाई वित्तीय ज्ञानको सदुपयोग गरी आफ्नो व्यापार–व्यवसायलाई अझ सुदृढ र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । उद्यमशीलतामार्फत युवालाई  सशक्त बनाउने र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्ने बैंकको प्रतिबद्धता रहेको छ ।