
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९२ हजार दुई सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९५५ मा बेचबिखन भइरहेको छ ।
बुधबार प्रतितोला सुन रु. एक लाख ९१ हजार ६ सय र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६५ मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।