
बजाज नेपालले ह्विल्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरलाई नेपाली १२ महिना प्रतिनिधित्व गर्ने तस्बिर सेयर गर्न भनिएको थियो ।
प्रतियोगितामा ७० भन्दा बढी सहभागीबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिर प्राप्त भएको र तीमध्ये १२ जना विजेता छनोट गरिएको कम्पनीको भनाइ छ । विजेता फोटोग्राफीलाई नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ ।
प्रत्येक विजेताले १० हजारबराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्रान्ड कर्निभलमा प्रदर्शन हुनेछन् । कार्निभल १६ देखि २७ वैशाखसम्म भृकुटीमण्डपमा चलिरहेको छ । कर्निभलमा ग्राहकका लागि आकर्षक अफर राखिएको छ ।
नागरिकताकै भरमा कुनै पनि बजाज बाइक शून्य सर्भिस चार्जमै खरिद गर्न सकिनेछ । साथै, तुरुन्त फाइनान्स सुविधा, निःशुल्क एसेसरिज र उच्चतम मूल्यांकनको व्यवस्था छ ।
हंसराज हुलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले यो प्रतियोगिता आफ्नो ब्रान्ड र ग्राहकबिचको सम्बन्ध बलियो बनाउन गरिएको बताए ।