१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format १९:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला गोल्डकप : उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

वैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्।

बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ। 

यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए। उनले एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको बताउँदै एपिएफ बलियो भए पनि यसपटक आफूहरुले जित्ने गरी खेल्ने बताए। यसपटक सबै खेलाडी शारीरिक रुपमा फिट रहेको उनको भनाइ छ। यस्तै पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरी आफूहरु मैदान उत्रने बताइन्। उनले आफूहरु उपाधि उचाल्न तयार रहेको बताइन्।

प्रतियोगितामा पुलिसले रौतहटलाई ४–२ र चितवनलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। यस्तै एपिएफले वीरगंजलाई १२–० र संकटालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जारी सिजनमा एपिएफ र पुलिसबिच ५ पटक फाइनलमा भेट भएको छ। जसमा एपिएफले पाँचैपटक पुलिसलाई निराश बनाउँदै उपाधि उचालेको छ। केही दिनअघि मात्रै नुवाकोटमा भएको बागमती गोल्डकप, लिग गेम, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको गोल्डकप प्रतियोगिताहरुमा दुई विभागीय टोलीबिच फाइनल भिडन्त भएका थिए। ती सबै भिडन्तमा एपिएफले पुलिसलाई निराश बनाएको थियो।