१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार १९:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दाङमा राष्ट्रिय खोखो प्रतियोगिता हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १९:१३:oo

दाङमा  राष्ट्रियस्तरको खोखो प्रतियोगिता हुने भएको छ। खोखो संघ दाङको आयोजनामा प्रथम खुला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता हुन लागेको हो। यही वैशाख २६ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगितामा देशभरका खेलाडीहरू दाङ आउन लागेका दाङ जिल्ला खोखो संघका अध्यक्ष बालकृष्ण शाहले बताए।

उनका अनुसार सातवटै प्रदेश र एउटा विभागीय टिम गरी ८ वटा टिमले प्रतियोगितामा भाग लिनेछन्। तुलसीपुरस्थित अरनीको मैदानमा हुने खेलमा सहभागिताका लागि आर्मीसहित तीन टिम आइसकेका अध्यक्ष शाहले बताए। साथै, यो खेल सकिएपछि नेपालका दुई टिम र भारतको एउटा टिमबिच पनि प्रतिस्पर्धा हुने आयोजकले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

खोखो खेललाई नेपालमा स्थापित गर्नका लागि राष्ट्रियस्तरको खेल आयोजना गरिएको अध्यक्ष शाहले बताए। दाङमा पहिलोपटक राष्ट्रियस्तरको यो खेल आयोजना गरिएको हो। नेपालभर अहिलेसम्म तीनवटा लिगका खेल आयोजना गरिएको छ। यो खेलमा सहभागी हुने खेलाडीहरूलाई खाने बस्नेसहित आउने जाने यातायातको समेत व्यस्थापन गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खेलका लागि प्रत्येक प्रदेशबाट १२ जना खेलाडी र एकजना कोच आउनेछन्। गएकोवर्ष माघमा पहिलोपटक भएको विश्व खोखो प्रतियोगितामा नेपालको महिला र पुरुष टिम नै उपविजेता भएका थिए।

जसमा भारतले महिला र पुरुष टिममा विजय हासिल गरेको थियो। नेपाल विश्वमै उपविजेता टिममा जान सक्नु नै ठुलो उपलब्धि भएको भन्दै यो खेललाई अझै व्यापक बनाउन राष्ट्रियस्तरमै आयोजना गरिएको अध्यक्ष शाहले बताए। लिग कम नक आउटमा खेल खेलाइनेछ। खेल पूरा गर्नका लागि २७ लाख ६० हजार लगानीको स्टिमेट गरिएको छ।

जसमा तुलसीपुर उपमहानगरपालिकाले ५ लाख र अन्य विभिन्न निकायबाट सहयोग संकलन गरी करिब १० लाख संकलन भएको छ। बाँकी रकम पनि संकलन गर्ने तयारी रहेको आयोजकले बताएको छ।