
कोशी प्रदेश सभाको बजेट अधिवेशन ४ जेठबाट सुरु हुने भएको छ। कोशी सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बर्खे अधिवेशन ४ जेठदेखि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको बजेट अधिवेशन ४ जेठ दिउँसो २ बजेदेखि औपचारिक रूपमा सुरु हुने सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
कोशी प्रदेश सभाको छैठौँ तथा हिउँदे अधिवेशन ७ चैतमा अन्त्य भएको थियो।