१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीको बजेट अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १४:o९:oo

लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैटाैँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

गत फागुन ७ गते पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो ।