१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २४ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनगढीमा पञ्चकन्याको बाथवेयर डिलर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:५१:oo

पञ्चकन्या ग्रुपले नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक सुरुवात गरेको छ । डिलर लन्च कार्यक्रममा स्थानीय व्यावसायिक संघ, शिक्षा, होटेल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिको उल्लेखनीय उपस्थिति थियो । यो सुरुवातले नेपालको बाथवेयर बजारमा प्रिमियम उत्पादन, सस्तो, तर न्यून गुणस्तरको विकल्पबिच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

ग्रुपका निर्देशक अशिक श्रेष्ठले बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाबारे प्रकाश पारेका थिए । बाथवेयरका सेल्स हेड वसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीलाई जानकारी गराएका थिए । 

पञ्चकन्या बाथवेयरले प्रिमियम ट्याप, सावर र अन्य सहायक उपकरण उपलब्ध गराउनेछ । उत्कृष्ट डिजाइन र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यावसायिक अनुभवलाई नयाँ परिभाषा दिने कम्पनीको दाबी छ ।